लोसपाबाट प्रशान्त गुप्ता निष्काशित

रुपन्देही खबर , ३३३  पटक हेरिएको

भैरहवा, साउन १५

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले पार्टी निर्णय विपरीतका अभिव्यक्ति दिएका केन्द्रीय सदस्य प्रशान्त गुप्ता (महेन्द्र)लाई निष्काशन गरेको छ । पार्टी अध्यक्ष महन्त ठाकुरले बुधबार विज्ञप्ति जारी गर्दै गुप्तालाई पार्टीको प्रतिष्ठामा आँच आउने र पदीय मर्यादा विपरीतका अभिव्यक्ति दिएको भन्दै निस्काशन गरिएको जानकारी दिनु भएको छ ।

गुप्तालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निस्काशन गरिएको जारी विज्ञप्तीमा उल्लेख छ । रुपन्देही निवासी गुप्ता गत निर्वाचनमा लोसपाबाट प्रदेश सभाको उम्मेदार बनेका थिए ।

प्रकाशित मिति: २०२५-०७-३१ , समय : २१:०९:३१ , १ दिन अगाडि