नागरिकता विधेयक फिर्ता पठाएको बिरोधमा लोसपा रुपन्देहीद्वारा भैरहवामा प्रदर्शन

रुपन्देही खबर , ३४८  पटक हेरिएको

भैरहवा, साउन ३०

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता पठाएपछि लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) रुपन्देहीले विरोध प्रदर्शन गरेको छ ।

राष्ट्रपति भण्डारीले आइतबार साँझ नागरिकता विधेयक फिर्ता गर्नु भएको  थियो जसको बिरोधमा लोसपा रुपन्देहीले भैरहवाको मिलनचोकमा सोमबार प्रदर्शन गरेको हो ।

 

विरोध प्रदर्शनमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल रुपन्देहीका अध्यक्ष अजय वर्माले नागरिकता विधेयक फिर्ता गरी राष्ट्रपति भण्डारीले गल्ती गर्नुभएको बताउनु भएको छ । ‘राष्ट्रपतिले अभिभावकीय भूमिका निर्वाह गर्नु पर्ने तर सो नभएको वर्माले गुनासो गर्नु भएको थियो ।

 

लोसपा रुपन्देहीका प्रवक्ता राम किशुन नायकको सञ्चालनमा भएको बिरोध प्रदर्शन कार्यक्रममा पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य निलम यादव, लुम्बिनी प्रदेश कार्यकारिणी सदस्य रामु यादव, मोहम्मद इस्लाम, नसिम अखतर खाँ, रामशंकर कोहार र रुपन्देही जिल्ला इञ्चार्ज मोहनलाल यादव लगायतको सहभागिता रहेको थियो ।

 

प्रकाशित मिति: २०२२-०८-१६ , समय : ००:३३:४४ , २ वर्ष अगाडि