धनी राम काेरी , ३३० पटक हेरिएको
कपिलवस्तु, भदौ २
लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री एवम् नेकपा एमाले पार्टी का महासचिवमा शंकर पोखरेल र नेपाल जनता पार्टीका राष्ट्रिय प्रबक्ता पुनित कुमार पाठक बीच शिष्ट भेटवार्ता भएको छ ।
भेटघाटमा वर्तमान राजनीति अवस्थाकाे बारेमा , समसामयिक विषयमा र हिन्दुराष्ट् पुनर्स्थापनाका बिषयमा छलफल भएको र महासचिव यस विषयमा सकारात्मक रहनु भएको कुरा नेजपाका राष्ट्रिय प्रबक्ता पुनित कुमार पाठकले बताउनु भएको छ ।
आसन्न मंसीर ४ गते तोकिएको संघीय र प्रदेश सभा को चुनावमा नेकपा एमाले पार्टी र नेपाल जनता पार्टी बीच चुनावी तालमेल हुन सक्ने सम्भावना बढी रहेको कुरा नेजपाका राष्ट्रिय प्रबक्ता पाठकले जानकारी दिनु भयो ।
प्रकाशित मिति: २०२२-०८-१८ , समय : १७:४८:२९ , २ वर्ष अगाडि