चिनियाँ सुरक्षा नियामक निकायका पूर्वप्रमुखमाथि भ्रष्टाचार मुद्दा

एजेन्सी , ७७  पटक हेरिएको

तस्बिर : एजेन्सी

चीन,भदौ २१

चीनको धितोपत्र बजारको लागि सर्वोच्च नियामक निकायका पूर्व प्रमुख यी हुइमानमाथि भ्रष्टचारको अभियोगमा अनुसन्धान शुरु भएको छ । गएको वर्षको शुरुमा सरकारले हुइमानलाई चिनियाँ सुरक्षा नियमन आयोगको अध्यक्ष पदबाट हटाएको थियो । चीनका दुई शीर्ष भ्रष्टाचार विरोधी निकायहरु केन्द्रीय अनुशासन निरीक्षण आयोग र राष्ट्रिय सुपरिवेक्षण आयोगले आज संयुक्त विज्ञप्ती निकालेर यीले अनुशासन र कानूनको गम्भीर उल्लङ्घन गरेको आशङ्कामा अनुसन्धान शुरु गरेको जानकारी गराएका हुन् ।

इन्डस्ट्रियल एण्ड कमर्सियल बैङ्क अफ चाइनाका पूर्व अध्यक्ष यी सन् २०१९ को जनवरीमा सीएसआरसीको उच्च पदमा नियुक्त भएका थिए । चिनियाँ राष्ट्रपति सी जिनपिङले एक दशकअघि सत्तामा आएदेखि नै भ्रष्टाचारविरुद्ध निरन्तर कारबाही गर्दै आउनुभएको छ । समर्थकहरूले सरकारको नीतिले स्वच्छ शासनलाई बढावा दिने बताए पनि राष्ट्रपति सीका आलोचकहरूले यसलाई चिनियाँ राजनीतिक प्रतिद्वन्द्वीलाई अघि बढ्नबाट रोक्ने वर्तमान नेतृत्वको चलाखीपनको रूपमा उल्लेख गर्ने गरेका छन् ।

प्रकाशित मिति: २०२५-०९-०६ , समय : २०:१७:२३ , १५ घन्टा अगाडि