रुपन्देही खबर , ९१ पटक हेरिएको

पोल्यान्ड, भदौ २७
पोल्यान्डको आकाशमा प्रवेश गरेका तीनवटा रुसका ड्रोन खसालिएपछि नाटो सदस्य राष्ट्रहरूले पूर्वी सीमामा सुरक्षा कडाइ गरेका छन् । अन्य केही ड्रोन पूर्वी पोल्यान्डमा खसेका बीबीसीले जनाएको छ । घटनापछि नेदरल्याण्ड्स, चेक गणतन्त्र, जर्मनी र फ्रान्सले पोल्यान्डलाई वायु प्रतिरक्षा प्रणाली, सैनिक र लडाकु विमान पठाउने घोषणा गरेका छन । पोल्यान्डले यसलाई ठूलो स्तरको रुसको उक्साहट भनेको खबरमा उल्लेख छ । पोल्याण्डका राष्ट्रपति कारो नावरोक्कीले क्षमतापरीक्षण गर्ने प्रपञ्च भएको बताउनुभएको छ ।
यता, यसबारे रुसले टिप्पणी गर्न अस्वीकार गरेको छ । योसँगै पोल्यान्डले बेलारुससँगको सीमा बन्द गर्ने निर्णय गरेको छ । यसैबीच, बेलारुस–रुसको संयुक्त ‘जापाद २०२५’ सैन्य अभ्यास आजदेखि शुरु हुँदैछ । पूर्वी यूरोपमा तनाव चुलिँदै गएपछि नाटोले कुनै जोखिम नलिने स्पष्ट संकेत दिएको छ ।
प्रकाशित मिति: २०२५-०९-१२ , समय : १०:१३:४४ , २४ घन्टा अगाडि