लुम्बिनी प्रदेश समाजवादी महिला संघ चौधरीको अध्यक्षतामा ५५ सदस्यिय समिति गठन

रुपन्देही खबर , ६९५  पटक हेरिएको

कपिलवस्तु, भाद्र ५

जनता समाजवादी पार्टी नेपाल निकट लुम्बिनी प्रदेशको समाजवादी महिला संघ अन्जु चौधरीको अध्यक्षतामा ५५ सदस्यिय प्रदेश स्तरीय समिति गठन भएको छ। समाजवादी महिला संघ लुम्बिनी प्रदेश भेला तथा प्रशिक्षण कार्यक्रम बाके जिल्लाको नेपालगंजमा भव्य रूपमा सम्पन्न भइ सो कमिटी गठन भएको हो ।

 

लुम्बिनी प्रदेशको समाजवादी महिला संघको उपाध्यक्षमा स्वेता राना मगर,सन्ध्या पौडेल खान सचिवमा शुशिला पौडेल सह सचिव सुभद्रा जि सी र पवनरेखा पाठक चयन हुनु भएको छ । लुम्बिनी प्रदेशको समाजवादी महिला संघ नव गठित समितीलाई जसपा लुम्बिनी प्रदेश प्रवक्ता अकरम पठानले हार्दिक बधाई एवंम सफल कार्यकालको शुभकामना दिनु भएको छ ।

 

प्रकाशित मिति: २०२२-०८-२१ , समय : ०८:४३:२८ , ४ वर्ष अगाडि