अस्मिता भुसाल , ३६० पटक हेरिएको
बर्दघाट, भदौ ५
पश्चिम नवलपरासीको बर्दघाट १२ दबिलामा लागु पदार्थ न्युनिकरण सम्बन्धि सचेतनामुलक सड्क नाटक प्रदर्शनी गरिएको छ। श्रीकृष्ण जन्माष्टमीको अवसरपारी जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र बर्दघाट-१२ भटौलियाका किशोरी नेतृत्व उप समितिका ट्याग किशोरीहरुको आयोजनामा सो सडक नाटक प्रदर्शनी भएको हो।
पछिल्लो समय लागुऔषध दुर्ब्यसनिले अहिले समाजमा लागुपदार्थ सेवन गर्ने युवा वर्ग बढि भेटिएको र समाज र देशको कर्णधारकको रुपमापरिचित युवाहरु दिनानुदिन लागु पदार्थ सेवन तिर अग्रसर भएकोले समाज र युवाहरुलाई सचेतना जगाउने उदेश्यका साथ यो सचेतनामुलक कार्यक्रम संचालन गरिएको आयोजकले जनाएको छ।
सो अबसरमा प्रमुख अतिथिको रुपमा बोल्दै बर्दघाट नगरपालिका वार्ड नम्बर १२ का वडाअध्यक्ष उमा शंकर चौधरीले किशोरीहरुले आयोजना गरेको कार्यक्रम निकै राम्रो र सचेतनामुलक रहेको हुदा टोल टोलमा गर्न जरुरी रहेको बताउदै आफू सधै समाजमा सचेतनामुलक कार्य गरि समाज रुपान्तरण गर्नका लागि सधै सहयोग गर्न तत्पर रहेको बताउनु भयो।
कार्यक्रममा बिशेष अतिथी पुस्तकालय अध्यक्ष सुरज के.सी.ले युवा अवस्थामा आफु पनि लागु पदार्थ सेवन गरेको र अहिले पुरै छोडेर बसेको कुरा वताउदै, छोड्ने ईच्छा शक्ति आफैमा भएमा नसा सेवन गर्न छोड्न सकिने र त्यसका लागि परिवार को भुमिका मुख्य रहने बताउनु भयो।
वडा कार्यलयको आर्थिक सहयोग रहेको कार्यक्रममा स्थानीयको उल्लेख्य उपस्थिति रहेको थियो भने नाटकको अभिनय ट्याग किशोरीहरुले गरेका थिए ।
प्रकाशित मिति: २०२२-०८-२१ , समय : ०९:५२:१८ , २ वर्ष अगाडि