जसपा नेपाल जिल्ला समन्वय समिति रूपन्देहीको पदाधिकारी बैठक सम्पन्न

अजय मिश्र , ३६५  पटक हेरिएको

कपिलवस्तु, बैशाख ७

लुम्बिनी प्रदेशको रूपन्देही जिल्लामा जसपा नेपाल जिल्ला समन्वय समिति रूपन्देहीको पदाधिकारी बैठक विभिन्न निर्णयहरू गर्दै आज सम्पन्न भएको छ। बैठकमा डा. सिके राउतको नेतृत्वको जनमत पार्टीका संस्थापक एवंम केन्द्रीय उद्दार तथा राहत विभागका प्रमुख दिलिप कुमार यादव जसपा प्रवेश गरेका छन् l

उहाँलाई लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादव, पूर्व मंत्री वकील मुसलमान,केंद्रीय सदस्य मनिकर कार्की जिल्ला अध्यक्ष रामअवतार यादव लगायतले माला लगाई स्वागत  गर्नु भएको  लुम्बिनी प्रदेश जसपा नेपालका प्रवक्ता अकरम पठानले जानकारी दिनु भयो ।

प्रकाशित मिति: २०२२-०४-२० , समय : १६:३२:४२ , ३ वर्ष अगाडि