रुपन्देहीको तिलोत्तमामा प्रतिस्पर्धात्मक खुल्ला तीज गीत प्रतियोगिता सम्पन्न

ममता बि.सि , ६४०  पटक हेरिएको

तिलोत्तमा, भदौ ९

रुपन्देहीको तिलोत्तमा वडा नम्बर ६ वडा कार्यालय द्धारा आयोजना गरिएको प्रतिस्पर्धात्मक खुल्ला तीज गित प्रतियोगिता कार्यक्रम सुन्दर वस्ति गोर्कट्टाको हार्ड बजार लाइनमा सम्पन्न भएको छ।

कार्यक्रमका संयोजक सरस्वति काफ्लेको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि तिलोत्तमा नगर प्रमुख रामकृष्ण खाण रहनुभएको थियो । कार्यक्रममा नगर प्रमुख खाणले
आफ्नो भनाइ राख्दै यस्ता कार्यक्रमहरुले चाडको महत्त्व दर्साउनुको साथै महिला दिदिबहिनीहरुको खुबी क्षमता प्रस्फुटन गराउन मदत पुग्ने र यस्ता कार्यक्रमहरु गरि महिलाहरुलाइ अघि बढ्न प्रेरित गर्नुपर्छ भन्दै सहभागिहरुलाइ हौसला प्रदान गर्दै ब्यक्तिगत तर्फबाट नगद पुरस्कारको पनि घोषणा गर्नुभएको थियो ।

त्यस्तै वार्ड नम्बर ६ का वडा अध्यक्ष गणेश पाठकले सम्पुर्ण प्रतिस्पर्धि टिमलाइ धन्यवाद दिदै उपस्थित टिमलाइ अनुशासनमा रहि कार्यक्रमको आचारसंहिता पालन गर्न आग्रह गर्नु भएको थियो भने आ आफ्नो प्रस्तुति उत्कृष्ट ढंगले प्रस्तुत गर्दै क्षमता प्रदर्शन गर्न अनुरोध गर्नुभएको थियो ।

 

कार्यक्रममा विभिन्न टोलबाट १५ टिम आमा समुह, १ टिम मगर समाज, १ टिम बाल समुहको सहभागिता रहेको थियो । कार्यक्रममा कालिका आमा समुह प्रथम,तिलोत्तमा आमा समुह द्धितिय र चरित्रज्योति नारि जागरण आमा समुह तृतीय भएको छ । विजेता समुहले क्रमश १२ हजार ,१० हजार र ८ हजार र प्रमाण पत्र प्राप्त गरेका छन् ।

 

कार्यक्रममा अनाथ आश्रमकि संचालक मैनादेबी भन्डारी, नगरपालिकाका नगर सदस्य नर बहादुर छन्तेल ,तिलोतमा वडा नं.६का वडा सदस्य लगायत मेदिनी माबिका अध्यक्ष जगत पौडेल लगायत टोल बिकासका अध्यक्षहरु रेडियो लुम्बिनी का संस्थापक अर्जुनराज उपाध्याय ,वडा नं.६ का वडा सचिव कृष्ण बहादुर क्षेत्री ,निर्णायक तर्फ क्रमशः ठानेश्वर भुसाल ,रन्जित भन्डारी ,सिता गौतम रहनुभएको थियो । कार्यक्रमका ब्यवस्थापन समिति सदस्य मिठु गौतमको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन कार्यक्रम व्यवस्थापन सदस्य कोपिला काफ्लेले गनुभएको थियो ।

 

कार्यक्रममा सबै टिमले अति उत्सुकताका साथ प्रस्तुति प्रस्तुत गरेका थिए । प्रतियोगी टिमले गित गाउदै हरेक वाक्यको बोल अनुसार पोस्टरको प्रयोग गर्दै गित नाच प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति: २०२२-०८-२५ , समय : ११:५७:०३ , २ वर्ष अगाडि