श्री राष्ट्रिय जनहित माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चौधरी चयन

कृष्ण अग्रहरी , ४१६  पटक हेरिएको

कपिलवस्तु, भदौ १३

कपिलवस्तु जिल्लको कपिलवस्तु नगरपालिका वडा नं ७ मा रहेकाे श्री राष्ट्रिय जनहित माध्यमिक विद्यालय धर्मपनियाको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सर्वसहमतिबाट रामानन्द चौधरी चयन हुनुभएको छ।

त्यस्तैगरी समितिको सदस्यहरुमा पञ्च गुलाम बनिया, पञ्च गुलाम नाऊ ,कमरुन निसा मल्लिक, रिता चौधरी, सोनमती केवट र सदस्य सचिवमा विद्यालयका प्र.अ शम्भु कुर्मी र शिक्षक प्रतिनिधि सदस्य रेखा कुमारी चौधरी रहनु भएको छ ।

कपिलवस्तु नगरपालिका वडा नम्बर ७ वडा अध्यक्ष इन्द्रमणि कुर्मीले विद्यालय व्यवस्थापन समितिमा चयन हुनुभएका सम्पूर्ण समितिका पदाधिकारीहरुलाई सफल कार्यकालको शुभकामना दिदै विद्यार्थीहरुको पठनपाठनमा विशेष शैक्षिक गुणस्तरीय सुधार गर्नमा जोड दिनु भएको छ । आफ्नो वडा भित्रका विद्यालयहरुलाई एवंम शैक्षिक क्षेत्रलाई पहिलो प्राथमिकतामा राखिएको समेत बताउनु भएको छ ।

 

 

विद्यालयमा गुणस्तरिय शिक्षा अभिबृद्धि गर्न , विद्यार्थीहरुको सङख्या समेत बढाउने र अब सबैको साथ र सहयोगबाट यस श्री राष्ट्रिय जनहित माध्यमिक विद्यालय धर्मपनियालाई नमुना बिद्यालय बनाउन तर्फ लाग्नु पर्ने विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चौधरीले बताउनु भएको छ । सो विद्यालयमा हाल सम्म ४ सय ४९जना विद्यार्थी रहेका शिक्षक राजकुमार कोहारले जानकारी दिनु भएको छ।

प्रकाशित मिति: २०२२-०८-२९ , समय : १४:००:१७ , २ वर्ष अगाडि