रुपन्देही संवाददाता , २८६ पटक हेरिएको
कपिलवस्तु, भाद्र १३
लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहुद खां नेपाली सहितको टोलीले लुम्बिनी प्रदेशका मुख्यमंत्री कुलप्रसाद केसीलाई मदरसाको अवस्था तथा त्यसको व्यवस्थापनका लागि ध्यानाकर्षण गराउनु भएको छ ।
आज मुख्यमंत्रीलाई राष्ट्रीय मदरसा संघ नेपालका उपाध्यक्ष शैख जैस मक्की, सल्लाहकार जहिर अहमद बरेलवी, जाहिर आजाद झण्डानगरी लगायतको संयुक्त टोलीले मुख्यमंत्री केसीलाई भेटेर मदरसाको वर्तमान अवस्था , सुधार गर्नुपर्ने पक्षहरू, मदरसामा पढाउने शिक्षकको व्यवस्थापन लगायत मदरसाको सम्पूर्ण समस्याको बारेमा केसी लाई ध्यानाकर्षण गराउनु भएको हो ।
मुख्यमंत्री केसीले मदरसाको व्यवस्थापन तथा मदरसाको संरक्षण गर्न आफूहरू प्रतिबद्ध रहेको र व्यवस्थापन गर्न आफूहरू सहयोग गर्न तत्पर रहेको बताउदै मुस्लिम समुदायको साथ र सहयोग अपरिहार्य रहेको कुरा बताउनुभएको लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहुद खां नेपालीले जानकारी दिनु भएको छ ।
प्रकाशित मिति: २०२२-०८-२९ , समय : १४:१२:२९ , २ वर्ष अगाडि