रुपन्देही खबर , ९२ पटक हेरिएको
तस्बिर : एजेन्सी
चीनमा चन्द्र नयाँ वर्षको उल्लासबीच भएको पटाका विस्फोटमा १२ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा पाँच जना बालबालिका समेत रहेका चिनियाँ संचारमाध्ययमले जनाएका छन् ।
हुबेई प्रान्तको जिनपु गाउँमा हिजो दिउँसो आतसबाजी तथा पटाका बिक्री गर्ने एक पसलमा यो विस्फोट भएको हो । चीनको सरकारी सञ्चारमाध्यम सिसिटिभीले आज यसबारेमा जानकारी दिँदै १२ जनाको ज्यान गएको पुष्टि भएको बताएको हो ।
ज्यान गुमाउनेमा पसलका व्यापारीसहित ११ जना ग्राहक रहेका छन् । चन्द्र नयाँ वर्षका अवसरमा चीनको ग्रामीण क्षेत्रमा आतसबाजी र पटाका पड्काउने परम्परा व्यापक छ । सुरक्षा र प्रदूषणका कारण पछिल्ला वर्षहरूमा धेरै प्रमुख शहरहरूले यसमा प्रतिबन्ध लगाएका छन् ।
गएको आइतवार पूर्वी चीनको जियाङ्सु प्रान्तमा पनि यस्तै विस्फोटमा आठ जनाको ज्यान गएको थियो । प्रहरीले यस पटकको विस्फोटको कारणबारे अनुसन्धान शुरु गरेको जनाएको छ ।
प्रकाशित मिति: २०२६-०२-१९ , समय : १७:०१:०३ , ११ घन्टा अगाडि