रुपन्देही खबर , ४९१ पटक हेरिएको
भैरहवा, भदौ १६
नेपाली कांग्रेसले मंसिर ४ मा हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि रुपन्देही निर्वाचन क्षेत्र नम्बर ४ को उम्मेदवारका लागि प्रमोद यादवको नाम सर्वसम्मत सिफारिस गरेको छ । बुधवार बसेको क्षेत्रिय समितीको बैठकले निर्वाचन क्षेत्र नम्बर ४ बाट यादवको नाम सर्वसम्मतले जिल्लामा सिफारिस भएको नेपाली कांग्रेस रुपन्देही–४ का क्षेत्रिय सभापति मुकेश यादवले बताउनु भएको छ । यादव ०७४ सालकाे निर्वाचनमा हाल लाेसपाका नेता रहनु भएको सर्वेन्द्रनाथ शुक्ललाई भारी मतान्तरले पराजित गर्दै सांसद बन्नु भएको थियो । सांसदका रूपमा यादवले क्षेेत्रकाे विकासमा महत्त्वपूर्ण कामहरू गर्नु भएको छ । यादव उमेदवार बन्दा यसपटक पनि जित सुनिश्चित रहेकाे स्थानीयले बताएका छन् ।
प्रकाशित मिति: २०२२-०९-०१ , समय : २२:२५:५३ , २ वर्ष अगाडि