कपिलवस्तु क्षेत्र नं. ३ मा कांग्रेसबाट शाहको नाम सर्वसम्मत सिफारिस

प्रदेश समानुपातिकमा मुस्लिम तर्फ खांको नाम सिफारिश

रुपन्देही खबर , ३०६  पटक हेरिएको

कपिलवस्तु, भाद्र १८

नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नं. ३ ले प्रतिनिधि सभातर्फ अभिषेकप्रताप शाहको एकल नाम सर्वसम्मत सिफारिस गरेको छ ।

मंगलबार क्षेत्रीय कार्यसमितिले पूर्व केन्द्रीय सदस्य शाहको नाम क्षेत्र नं. ३ मा प्रतिनिधि सभातर्फ सर्वसम्मत सिफारिस गरेको हो । नेता शाह सो क्षेत्रबाट अहिले पनि प्रतिनिधि सभामा प्रतिनिधित्व गर्छन् । उनी पटक–पटक निर्वाचित भइसकेका छन् ।

त्यसैगरी कांग्रेसले कपिलवस्तु क्षेत्र नं. ३ ‘क’मा प्रत्यक्ष प्रदेशतर्फ अकिल मियाँ, जमशेद मियाँ लाई सिफारिस गरेको छ । प्रदेशतर्फ ‘ख’ प्रत्यक्षमा नेता वीरेन्द्र कनौडिया सिफारिस भएका छन् ।

 

कनौडिया ‘ख’बाट एकल रुपमा सिफारिस भएका छन् । ‘ख’बाट कनौडिया अहिले पनि प्रतिनिधित्व गर्छन् । त्यस्तै कपिलवस्तु क्षेत्र नं ३( ख) बाट समानुपातिकमा मुस्लिम तर्फ प्रदेश सभा सदस्य ( विधायक) मा किफाय तुल्लाह खां को नाम सहित अन्यको नाम समानुपातिक तर्फ सिफारिश गरिएको छ l

 

प्रकाशित मिति: २०२२-०९-०३ , समय : १९:४८:१८ , २ वर्ष अगाडि