लोसपाबाट केंद्रीय सदस्य मिश्राको नाम सिफारिस

प्रिन्स मिश्रा , ४७०  पटक हेरिएको

कपिलवस्तु, भदौ १९

 

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल कपिलवस्तु क्षेत्र नं. ३ ले प्रतिनिधि सभा क्षेत्र नं ३ र प्रदेश सभातर्फ ३ (क) तर्फ पार्टीका केंद्रीय सदस्य रवि दत्त मिश्राको नाम सर्वसम्मत सिफारिस गरेको छ।

शनिवार क्षेत्रीय कार्यसमितिले प्रतिनिधि सभा क्षेत्र नं ३ र प्रदेश सभा ३ (क) तर्फ सर्वसम्मत सिफारिस गरेको हो ।

त्यस्तै कपिलवस्तु क्षेत्र नं ३( ख) बाट समानुपातिकमा मुस्लिम तर्फ प्रदेश सभा सदस्य ( विधायक) मा मोहम्मद रजा र अल्पसंख्यकमा सुरेश जयसवाल, खास आर्यमा सीता खनाल नाम सहित अन्यको नाम समानुपातिक तर्फ सिफारिश गरिएको छ |

 

( प्रदेश सभा क्षेत्र नं ३(क ) मा रविदत्त मिश्रा,
खेमराज चौधरी,शिव भगत ठाकुर, समानुपातिक तर्फ सुरेश जैसवाल (अल्पसंख्यक ) मोहम्मद रजा (मुस्लिम ), सीता खनाल (खस आर्य ) प्रदेश सभा क्षेत्र नं ३(ख) मा सिराज अहमद, लालमन कुर्मी, समानुपातिक तर्फ अब्दुल कलाम मुसलमान, विजय कुमार चौधरी र सीता यादव सहितको नाम सिफारिश गरेको छ |

प्रकाशित मिति: २०२२-०९-०४ , समय : १३:४३:०८ , २ वर्ष अगाडि