रुपन्देही २ बाट एमाले उपाध्यक्ष पौडेलको नाम एकल सिफारिस

रुपन्देही खबर , ३९२  पटक हेरिएको

बुटवल, भदौ  १९                                                               नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलको नाम रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि सर्वसम्मत एकल सिफारिस भएको छ ।

एमाले क्षेत्रीय कमिटीको आइतबार बसेको बैठकले पौडेलको नाम सर्वसम्मत सिफारिस गरेको हो । पौडेल २०६४ सालदेखि निरन्तर यही क्षेत्रबाट निर्वाचित हुँदै आउनु भएको छ ।

नेपाली कांग्रेसले यस क्षेत्रबाट गृहमन्त्री बालकृष्ण खाण, यसअघि पराजित युवराज गिरी, अधिवक्ता गोकर्ण पौडेल र कृष्ण पोखरेलको नाम सिफारिस गरेको छ । नेकपा एकीकृत समाजवादीले नेता राजु गुरुङको नाम एकल सिफारिस गरेको छ ।                                                                                                                       श्रोत : ग्लोबल आवाज

प्रकाशित मिति: २०२२-०९-०४ , समय : १४:०१:११ , २ वर्ष अगाडि