जसपाका प्रदेश सदस्य केवट पुन समाजबादीमै प्रवेश

रुपन्देही खबर , ३८४  पटक हेरिएको

भैरहवा, भदौ २३

जनता समाजवादीका पार्टीका प्रदेश सदस्य तथा गैडहवा गाउँपालिकाको निवर्तमान अध्यक्ष बच्चुलाल केवट जनता समाजवादीमै फर्किएको बताउनु भएको छ । केवटले प्रेस विज्ञप्ति जारी गर्दै जसपा मै फर्किएको बताउनु भएको हो ।

‘पार्टीको आन्तरिक असहमतिका कारण असन्तुष्ट भएर एमालेमा लाग्नु भएको थियो । पछि आत्मगलानी भयो । ’ उहाले बिज्ञप्तीमा लेख्नु भएको छ ‘पार्टीको कार्यकर्ता र नेतृत्वको सदस्यता देखेर पुनह घर (पार्टीमा) फर्किएको छु ।’ उहाले आफुले गलत निर्णय लिएको र यसबाट कार्यकर्ता तथा शुभचिन्तकमा पर्न गएको असरको लागि माफी माग्नु भएको छ ।

उहाले अबका दिनमा जसपामै सकृय भएर लाग्ने समेत प्रतिबद्धता व्यक्त गर्नु भएको छ। गैडहवा गाउँपालिकाका निवर्तमान अध्यक्ष समेत रहनु भएको केवट बुधबार नेकपा एमालेमा प्रवेश गर्नु भएको थियो ।

प्रकाशित मिति: २०२२-०९-०८ , समय : १६:०२:२६ , २ वर्ष अगाडि