लोसपाका युवा नेता गुप्ता रुपन्देही क्षेत्र नम्बर १ ख बाट सर्वसम्मत सिफारिस

रुपन्देही खबर , ३३३  पटक हेरिएको

भैरहवा, भदौ २३

लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा)का युवा नेता महेन्द्र गुप्ता (प्रशान्त) रुपन्देही क्षेत्र नम्बर १ (ख)बाट सर्वसम्मत सिफारिस हुनु भएको छ ।

आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि प्रत्यक्षतर्फ गुप्तालाई क्षेत्र नम्बर १ (ख) बाट प्रदेशसभा सदस्यको उम्मेदवारको रुपमा सर्वसम्मत सिफारिस गरिएको लोसपा क्षेत्र नम्बर १ का अध्यक्ष सुनिल कुमार चौधरीले बताउनु भएको छ ।

त्यस्तै प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यमा क्षेत्र नम्बर १ बाट अनिल कुमार कुर्मीलाई सर्वसम्मत सिफारिस गरिएको चौधरीले जानकारी दिनु भयो

त्यसै गरी क्षेत्र नम्बर १ (क) बाट प्रत्यक्षतर्फ प्रदेशसभा सदस्यमा प्रेमसागर शुक्लालाई सिफारिस गरिएको लोसपाले जनाएको छ ।
समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्यमा सुरेन्द्र कुमार चमार र प्रदेशसभा सदस्यमा नरमाया चौधरीलाई सिफारिस गरिएको पार्टीले जनाएको छ ।

 

प्रकाशित मिति: २०२२-०९-०८ , समय : १९:०४:१४ , २ वर्ष अगाडि