माओवादी केन्द्र कपिलवस्तु ३(क)बाट प्रत्यक्षमा एहसान अहमद खानको नाम सिफारिश

रुपन्देही खबर , ११३  पटक हेरिएको

कपिलवस्तु, भाद्र २४

नेकपा माओवादी केन्द्रले कपिलवस्तु क्षेत्र ३ का लागि उम्मेदवार सिफारिस गरेको छ । शुक्रवार चन्द्रौटामा बसेको वैठकले मंसिर ४ गते हुने संघ र प्रदेशको लागि प्रत्यक्ष तथा समानुपातिकको लागि उम्मेदवार सिफारिस गरिएको छ ।

कपिलवस्तु क्षेत्र न ३ संघिय सांसदमा मौलाना मशहुद खां नेपालीको एकल नाम सिफारिस भएको छ भने संघमा समानुपातिक तर्फवाट चिन्ता परियारको नाम सिफारिस भएको छ । वैठकले दुवैजनाको नाम एकल नाम सिफारिस भएको हो ।
लामो समयदेखि सामाजिक क्षेत्रमा कृयशिल मौलाना मशहुद खां नेपाली कृष्णनगरका लोकप्रिय नेताको रुपमा चिनिन्छन। समाजमा हरेक काममा अग्रसर भएर लाग्ने मौलानाले क्षेत्रको मुहार परिवर्तनको लागि उम्मेदवार बन्न तयार रहेको बताउनु भएको छ ।

त्यस्तै समानुपातिकमा सिफारिस हुनु भएको चिन्ता परियार पत्रकारिता क्षेत्रमा आवद्ध हुनु हुन्छ । लामो समय देखि पत्रकारीता गर्दै आउनु भएको परियारलाई पार्टीले अवसर दिएमा क्षेत्रको विकास र नागरिकहरुको जिवन परिवर्तन हुने गरि काम गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।

क्षेत्र न ३ (क)का लागि प्रत्यक्ष तर्फ एहसान अहमद खान,राजेन्द्र आचार्य र रमेश चन्द्र चौधरीको नाम सिफारिस भएको छ । प्रदेश समानुपातिकमा उमा विक,गगन कामी,सिता बुढाथोकि,कुमारी कुसुम चौधरी,जयप्रकाश कहार, टिका पुन मगरको नाम सिफारिस भएको छ ।

क्षेत्र न ३ (ख)का लागि प्रत्यक्ष तर्फ चुर बहादुर खड्का,अर्जुन सापकोटा र केशर वलीको नाम सिफारिस भएको छ । प्रदेश समानुपातिकमा सवनम खातुन गितादेवि सुनार र मैयान खानको नामसमानुपातिकमा सिफारिश भएको छl

प्रकाशित मिति: २०२२-०९-०९ , समय : २०:२९:११ , १ वर्ष अगाडि