रुपन्देहीको मर्चवारमा काङ्ग्रेसबाट सामूहिक राजीनामा

ज्ञानेश्वर उपाध्याय , ८२५  पटक हेरिएको

वैशाख १३ रुपन्देही
विगत २४ वर्षदेखि नेपाली कांग्रेसमा लामो समय सम्म योगदान दिँदै आएका मर्चवारका त्यागी र समर्पित नेताहरुले नेपाली कांग्रेस पार्टी परित्याग गरेका छन् । कोटहीमाईका युवा नेता बीरेन्द्र जयसवाल, अशोक जयसवाल सहित सयौं नेता कार्यकर्ताले पार्टीभित्र अराजक कृयाकलाप हावी हुँदै गएको भन्दै वैशाख १२ गतेदेखि उक्त पार्टी परित्याग गरेको घोषणा गरेका हुन । पत्रकार सम्मेलन गरि आफ्नो धारणा सार्वजनिक गर्दै नेता बीरेन्द्र जयसवाले युवा नेता अशोक जयसवाललाई कोटहीमाई गाउँपालिका अध्यक्ष पदमा उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । नेपाल जनता पार्टीबाट कमलको फूल चिन्ह लिई जयसवालले आफ्नो मनोनयन दर्ता गराएका हुन् । उनका समर्थनमा हजारौं कार्यकर्ताहरुले भव्य रैली र जन प्रदर्शन समेत गरेका थिए ।

२०७३ सालको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मे्वार भई नेता वीरेन्द्र जयसवाल झिनो मतले गाउपालिका अध्यक्ष पदमा पराजित भएका थिए । त्यसवेला पनि कांग्रेस पार्टीले उनलाई टिकट नदिएको गुनासो गरेका छ्न उनी स्वतंत्र उम्मेदवार थिए । पछि उनी फेरी कांग्रेसलाई नै निरन्तरता दिदै आएका थिए । पार्टीमा ठूलो लगानी, त्याग र तपस्यालाई पार्टीका उच्च नेतृत्वले यसपालिको चुनावमा समेत लत्याएको बताउदै सहीमूल्यांकन गर्न नसकेको नेता जयसवालले आरोप लगाएका छन् । पार्टीमा कम समय दिने, थोरै योगदान गर्ने व्यक्तिलाई विशेष व्यक्तिकाे रूपमा परिभाषित गरी एकाएक गाउपालिका अध्यक्षमा टिकट दिँदा जयसवालले पार्टीवाट बाध्य भएर विद्रोह गरी अलग्गिएको उनका समर्थकको दावी छ ।

कांग्रेसले आफ्ना नेता कार्यकर्तालाई पद्धति मिचेर टिकट बाँडेको मर्चवारका बासिन्दाले बताएका छन् । यस चुनाबमा असल इमान्दार र प्रभावशाली नेताहरुले पार्टी परित्याग गरेकाले आफुहरु निरास भएको विश्लेषकहरूले बताएका छन् ।

त्यस्तै मर्चवारी गाउपालिका अध्यक्ष पदको लागी काग्रेसबाट उम्मेदवारी दिएका अर्का नेता गया प्रसाद बरईको पनि अवस्था उस्तै छ । विगत लामो समयदेखि उनी कांग्रेस पार्टीमा रही याेगदान दिँदै आएका थिए । तर पनि पार्टीबाट कुनै समर्थन नपाएको बरु पार्टीले आफनो अवमूल्यन गरेको भन्दै गाउपालिका अध्यक्ष प्रत्यासी बरई सहित सयौ कार्यकर्ताले काग्रेस पार्टी परित्याग गरेका छ्न ।

प्रकाशित मिति: २०२२-०४-२६ , समय : २१:४४:२७ , २ वर्ष अगाडि