रुपन्देही खबर , ३७४ पटक हेरिएको
भैरहवा, असोज ५
राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणिकरण नगरेको विरोधमा लोकतान्त्रिक समाजवादी पार्टी रूपन्देहीले भैरहवामा विरोध प्रदर्शन गर्दै राष्ट्रपतिको राजीनामा माग गरेको छ।
प्रतिनिधिसभाले दोस्रो पटक पारित गरेर प्रमाणीकरण गर्न पठाएको विधेयकलाई राष्ट्रपति भण्डारीले अस्वीकार गरेको भन्दै लोसपा नेता कार्यकर्ताले राष्ट्रपतिको राजीनामा माग गरेका हुन्।
बिरोध कार्यक्रममा बोल्दै लोसपाका युवा नेता महेन्द्र गुप्ता (प्रशान्त)ले संविधानको धारा ११३ को ९४० ले राष्ट्रपतिलाई १५ दिनभित्र पुनः पारित भएको विधेयक प्रमाणिकरण गर्नै पर्ने व्यवस्था गरेको बताउनु भएको छ ।
नगरिकता नेपाली नागरिकको सन्तानलाई चाहिएको बताउदै गुप्ताले यही कुरा एमालेले अध्यादेशको रूपमा ल्याउदा ठीक भनेर प्रमाणीकरण गर्ने राष्ट्रपतिले अहिले बिरोध गरेकोमा दुःख ब्यक्त गर्नु भएको छ ।
त्यसैगरि आफ्नै देशको नागरिक बिरुद्ध षडयन्त्र गर्ने व्यक्ति कुनै पनि दृष्टिले राष्ट्रपति पदको लागि योग्य हुन नसक्ने भन्दै युवा नेता गुप्ताले राष्ट्रपति विद्या भण्डारीको तत्काल राजीनामाको माग समेत गर्नु भएको छ ।
बिरोध कार्यक्रममा लोसपा रूपन्देहीका संयोजक अजय बर्मा, युवा नेता मोहम्मद इस्लाम र बि.एन गुप्ता लगायतले बोल्दै नेपाली नागरिक आमा बाबुका सन्तानलाइ अनागरिक बनाउने राष्ट्रपतिको कदम आफैमा असंबैधानिक रहेको बताउनु भएको छ ।
श्रोत : काेसी अनलाइन
प्रकाशित मिति: २०२२-०९-२१ , समय : २२:५३:४५ , २ वर्ष अगाडि