लुम्बिनी सास्कृतिक नगरपालिकामा ५ सय ९१ जनाको उम्मेदवारी

अमित चौहान , ४०९  पटक हेरिएको

लुम्बिनी, बैशाख १४
यहि वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि लुम्बिनी संसास्कृतिक नगर पालिकामा मनोनयन उमेदवारी दर्ता सम्पन्न भएको छ। उमेदवारी दर्ता गराउने क्रममा ११ गते जनमत पार्टीले पहिलो उम्मेदवारी दर्ता गराएको निर्वाचन कार्यालय अधिकृत यम बहादुर कुवरले बताउनु भएको छ ।वैशाख १२ गते सम्पूर्ण पार्टीको उमेदवारी दर्ता सम्पन्न भएको यम बहादुर कुवरले बताएका छ्न।

लुम्बिनी सास्कृतिक नगरपालिका नगर प्रमुख ( मेयर ) पदमा तीन जना महिला चौध जना पुरुष गरि १७ जनाले उमेदवारी दर्ता गराएका छ्न । यसै गरि उपमेयर पदमा १२ महिला १० पुरुष गरि २२जनाले उमेदवारी दर्ता गराएका छ्न ।वडा अध्यक्ष पदमा १सय १७ जना , वडा महिला सदस्य १०७ जना , खुल्ला सदस्यमा २३५ दलित महिला र वडा सदस्यमा ९३ जनाले उम्मेदवारी दर्ता गराएका छ्न भने उम्मेदवारको कुल संख्या ५९१ रहेको छ।

प्रकाशित मिति: २०२२-०४-२७ , समय : ०६:२३:४५ , २ वर्ष अगाडि