पूर्वमन्त्री सन्तोष पाण्डेयको सम्पर्क कार्यालयको उद्घाटन

रुपन्देही खबर , २१८  पटक हेरिएको

भैरहवा, असोज १४

लुम्बिनी प्रदेश सरकारका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री तथा लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) का युवा नेता सन्तोष कुमार पाण्डेयको सम्पर्क कार्यालयको उद्घाटन गरिएको छ ।

शुक्रबार (भैरहवा) सिद्धार्थनगर नगरपालिका–४ स्थित नापी कार्यालय नजिकै कार्यालयको उद्घाटन गरिएको लोसपाका युवा नेता बैजनाथ गुप्ता (बी.एन.)ले बताउनु भएको छ ।

कार्यालयको एक कार्यक्रमका बीच पूर्वमन्त्री पाण्डेयले उद्घाटन गर्नु भएको छ । नेता पाण्डेयले जनताको पक्षमा आफू निरन्तर लागि परेको बताउनु भयो । कार्यक्रममा लोसपाका नेता, कार्यकर्ता, समाजसेवी, स्थानीयबासी लगायतको उपस्थिति रहेको थियो ।

नेता पाण्डेय रुपन्देही क्षेत्र नम्बर ३ (१) बाट प्रदेशसभा सदस्य उम्मेदवारमा सर्वसम्मत सिफारिस हुनु भएको छ । २०७४ सालको निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ३ (१) बाट उहा प्रदेशसभा सदस्यमा निर्वाचित हुनु भएको थियो।

श्रोत : खबर पात्रो

प्रकाशित मिति: २०२२-०९-३० , समय : २१:५६:०५ , २ वर्ष अगाडि