एमाले नेता महरद्वारा कैदीबन्दीलाई दशै मनाउन खसी उपहार

उत्तमकुमार थापा , ४४१  पटक हेरिएको

बझाङ, असोज १८

बझाङ कारागारका कैदीबन्दीलाई नेकपा एमालेका केन्द्रीय सदस्य तथा बझाङ जिल्ला सह-इन्चार्ज ऐन महरले दशै मनाउन खसी दिनु भएको छ । चाडपर्व हर्षाेल्लासका साथ मनाउन् भन्ने उद्देश्यले महरले कैदीहरुलाई एउटा खसी प्रदान गर्नु भएको हो ।

आज बिहान महरले पत्रकार र प्रहरीको उपस्थितिमा बझाङ कारागारमा रहेका ७२ जना कैदीबन्दीलाई खसी हस्तान्तरण गर्नु भएको हो । महरले कैदीबन्दीलाई दशैको शुभकामना दिँदै चाडपर्व सबैका लागि समान भएको बताउनु भएको छ । उहाले आफूप्रति हीनताबोधको सोचाइ अन्त्य गरी कारागारपछिको जीवन एक उदाहरणीय रुपमा बिताउन सुझाव दिनु भएको थियो ।

कैदीहरूले महर संग क्षमता भन्दा बढी भएर अप्ठेराे तरिकाले बस्नु परेकाे गुनासाे राखेका छन् । २५ जनाकाे क्षमता रहेकाे जिल्ला कारागार बझाङमा हाल ७२ जना कैदी रहेका छन् ।

प्रकाशित मिति: २०२२-१०-०४ , समय : १८:३२:३३ , २ वर्ष अगाडि