समाजवादी युवासंघ लुम्बिनी प्रदेश सदस्य यादवद्वारा पार्टी परित्याग

रुपन्देही खबर , ८३४  पटक हेरिएको

कपिलवस्तु, असोज २३

जनता समाजवादी पार्टी नेपालकाे भातृ संगठन समाजवादी युवा संघ लुम्बिनी प्रदेश सदस्य एवम् कपिलवस्तु जिल्ला कार्यसमिति सदस्य राकेश यादवले पार्टी परित्याग गर्नु भएको छ । 

 

लामाे समय देखि जनता समाजवादी पार्टीमा रहेर पार्टीको कार्यक्रम , विभिन्न आन्दोलनमा अग्र पंक्तिमा रही भुमिका निर्वाह गर्दै आउनु भएकाे र समयमा पार्टीले याेगदानकाे मुल्यांकन नगरेको कारण सबै पद र साधारण सदस्य समेत नरहने गरी राजिनामा पत्र लेखेर पार्टी परित्याग गरेको घाेषणा गर्नु भएको छ।

प्रकाशित मिति: २०२२-१०-०९ , समय : १०:००:५३ , २ वर्ष अगाडि