रुपन्देही क्षेत्रनम्बर ४ बाट काँग्रेसका युवानेता यादवद्वारा मनोनयन दर्ता

रुपन्देही खबर , ३४७  पटक हेरिएको

भैरहवा, असोज २४

रुपन्देही क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्य पदका लागि नेपाली काँग्रेसका युवा नेता प्रमोद कुमार यादवले मनोनयन दर्ता गराउनुभएको छ। उहाले क्षेत्र नम्बर ४ को निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दिनु भएको हो ।

आफ्ना समर्थक सहित उम्मेदवारी दिन पुग्नु भएको यादवले सबैको चाहानामा उम्मेदवार बनेको बताउँदै यस पटक पनि भारी मतले विजयी हुने बिश्वास व्यक्त गर्नु भएको छ । उहा २०७४ को निर्वाचनमा काँग्रेसबाट उम्मेदवार बनेर यही क्षेत्रबाट निर्वाचित हुनु भएको थियो ।

त्यसबेला यादवले ३१ हजार ७१८ मतसहित विजयी हुँदा तत्कालीन राजपा हाल लोसपाका बरिष्ठ नेता शर्बेन्द्रनाथ शुक्लाले २० हजार ४१६ मत पाउनु भएको थियो । युवाहरु माझ लोकप्रिय यादवले मर्चवारको विकासका लागि यसअघि धेरै प्रयास गरिएको जनाउँदै पहिला गरेका कामलाई पूर्णता दिन र नयाँ योजना ल्याएर कार्यान्वयन गर्न पनि आफूलाई मतदाताले विश्वास गर्ने बताउनु भएको छ ।

यो क्षेत्रमा सत्ता गठबन्धनमा मित्रबत प्रतिस्पर्धा गर्ने सहमति भएको छ । क्षेत्र नम्बर ४ (क) मा काँग्रेसबाट अष्टभुजा पाठक र (ख) बाट काँग्रेसकै वसीउद्दिन खाँ ले उम्मेदवारी दिनु भएको छ ।

प्रकाशित मिति: २०२२-१०-१० , समय : १७:३४:३९ , २ वर्ष अगाडि