रुपन्देही–१ का स्वतन्त्र उम्मेदवार भूसाललाई त्रिभुज चुनाव चिह्न प्रदान

रुपन्देही खबर , ४००  पटक हेरिएको

भैरहवा, असोज २६

नेकपा एमाले त्यागेर रुपन्देही–१ मा स्वतन्त्र उम्मेदवारी दिनु भएको घनश्याम भूसालले चुनाव चिह्न त्रिभुज पाउनु भएको छ। निर्वाचन कार्यक्रम अनुसार बुधबार उम्मेदवारहरुलाई निर्वाचन अधिकृतको कार्यालयले चुनाव चिह्न दिएको छ ।

त्यस क्रममा भूसाललाई त्रिभुज चिह्न दिएको हो । भूसालले त्रिभुजको तीन कुनालाई लोकतन्त्र, सामाजिक न्याय र विकास भनी व्याख्या गर्नु भएको छ ।

प्रकाशित मिति: २०२२-१०-१२ , समय : २०:२६:१० , ३ वर्ष अगाडि