जसपा परित्याग गर्दै गोपाल सेवा समितिका जिल्ला अध्यक्ष यादव नेपाली कांग्रेसमा प्रवेश

रुपन्देही खबर , २७५  पटक हेरिएको

भैरहवा, असोज ३०

जनता समाजवादी पार्टी, नेपाल (जसपा) रुपन्देहीका नेता भरथरी यादव जसपा परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गर्नु भएको छ ।आइतबार नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाँणले एक कार्यक्रमका बिच यादवलाई पार्टीमा प्रवेश गराउनु भएको हो ।

यादव गत स्थानीय तह निर्वाचनमा शुद्धोधन गाउँपालिका अध्यक्षका उम्मेदवार हुनुहुन्थ्यो भने गोपाल सेवा समिति रुपन्देही जिल्ला अध्यक्ष तथा केन्द्रिय उपाध्यक्ष समेत हुनुहुन्छ ।

शुद्धोधन गाउँपालिका वडा नम्बर ५ का स्थानीय बासिन्दा यादव जसपा जानुपूर्व कांग्रेसमै महाधिवेशन प्रतिनिधि समेत हुनुहुन्थ्यो ।

प्रकाशित मिति: २०२२-१०-१६ , समय : १९:०६:०७ , २ वर्ष अगाडि