प्रमोद कुमार यादवलाई मन्त्री बनाउने गृहमन्त्री खाँणको प्रतिबद्धता

उर्मिला यादव यात्री , ३९८  पटक हेरिएको

भैरहवा, कार्तिक २७

गृहमन्त्री बालकृष्ण खाँणले आफ्नो कार्यकालमा मर्चवार क्षेत्रमा बिकास निर्माणले गति लिएको बताउनु भएको छ । शनिवार नेपाली काङ्ग्रेस गठबन्धनद्वारा कोटहीमाइ गाउपालिका ५ मझगावामा आयोजित बिशाल आमसभामा बोल्दै खाँणले सो कुरा बताउनु भएको हो ।

उहाले आगामी दिनमा मर्चवारमा स्वास्थ्य, शिक्षा, सिंचाइ र कृषि क्षेत्रको बिकासमा जोड दिने बताउनु भयो । ‘मर्चवार क्षेत्रमा टेक्निकल कलेज खोल्ने योजनालाई मूर्तरुप दिइने,एक सय बेडको अस्पताल खोल्ने आफ्नो योजनालाइ पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । त्यसका लागि मर्चवार क्षेत्रका जनताले भोट हालेर मलाई जिताउनु पर्छ ।’ निर्वाचन जितेर गएपछि आफ्नो क्षेत्रका बासिन्दालाई गुनासो गर्ने मौंका नदिने प्रतिबद्धता व्यक्त गर्नु भयो । यस्तै गरिब
गृहमन्त्री बालकृष्ण खाँणले फेरि निर्वाचन जिताए रुपन्देही क्षेत्र नम्बर ४ का काँग्रेस उम्मेदवार प्रमोद कुमार यादवलाई मन्त्री बनाउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । उहाले मर्चवारको विकासका लागि यादवले जित्न जरुरी रहेको बताउँदै निर्वाचन जिते मन्त्री बनाउने बताउनु भयो । खाँणले युवा र विकासप्रेमी नेता प्रमोद नै भएको बताउदै, यादव संग मर्चवार विकासमा स्पष्ट योजना रहेकोले जिताउन आग्रह गर्दै जिताए आफुले मन्त्री बनाउन पहल गर्ने बताउनु भयो ।

गृहमन्त्री खाँणले मर्चवारको विकास नेपाली काँग्रेसले जिते मात्रै सम्भव हुने जोड दिनु भयो । ‘२०७४ को निर्वाचनमा क्षेत्र नम्बर ४ बाट काँग्रेसले जितेपछि विकासका धेरै योजनाको सुरुवात गरिएको बताउदै उहाले ती काम पूरा गर्न र नयाँ योजना ल्याउन पनि काँग्रेसको जित जरुरी रहेको जोड दिनु भएको छ । उहाले जनताको जनाधिकारलाई सरकारले सम्मान गर्ने बताउनु भएको छ । निर्वाचनबाट आम जनताले आफ्नो प्रतिनिधि छान्ने अधिकार पाउने बताउँदै त्यसको सरकार र पाँच दलीय गठबन्धनले सम्मान गर्ने बताउनु भएकोमा छ ।

गृहमन्त्री खाँणले कुनै पनि नेपाली नागरिक नागरिकता बिहीन भएर बस्न नहुने भए पनि संसदमा नागरिकता बिधयेक पास नभएका कारण धेरै नेपाली जनता नागरिकता बिहीन भएर बस्न बाध्य भएको बताउनु भएको छ । खांणले नागरिकता बिधयेक पास गर्नमा आएको रुकावटको संकटलाई टार्न आउँदो निर्बाचनमा पाँच दलीय गठबन्धनलाई बिजयी गराउन जरुरी भएको बताउनु भयो ।

संविधान जारी हुँदाको बखत नागरीकता पाएका ५ लाख भन्दा बढीका छोरा छोरी अहिले नागरिकता बिहीन रहेकाले ति नागरिकको नागरीकता नपाउँदाको पीडामाथी राज्यले खेलबाड गर्न नमिल्ले बताउनु भएको छ । संवैधानिक अधिकार अनुसार बर्तमान सरकार र गठबन्धन नेपालमै जन्मिएका, नेपालमै हुुर्किएका नागरिकलाई अनागरिक बनाउने पक्षमा आफू नभएको ,उमेर पुगेका प्रत्येक नेपाली नागरिकसंग नागरिकता हुने बातावरणका लागि मतदाताले आउँदो निर्बाचनमा नेपाली कांग्रेसका उमेदवारलाई बिजयी गराउनु पर्ने बताउनु भएको छ । नागरिकता नभएकै कारण धेरै नेपाली नागरिकले आफ्नो सम्पत्तिको उपयोग गर्नदेखि बञ्चित रहेको उद्घोष गर्नु भएको छ ।

नेपालको उत्तरी हिमाली र दक्षिणी तराइ क्षेत्रमा बसोवास गर्ने बासिन्दाले नै सिमा क्षेत्र जोगाएर नेपाली भूमिको रक्षा गरेको बताउनु भएको छ । सिमा क्षेत्रमा बर्षौंदेखि बसोवास गर्ने स्थानिय बासिन्दा राष्ट्रका सच्चा पहरेदार भएको बताउनु भयो । खाँणले ‘दक्षिणी क्षेत्रमा बस्ने कतिपय स्थानीयवासी अहिले नेपाली नागरिक भएर पनि आफ्नै देशमा अनागरिक भएर बस्नु परेको बताउदै सीमा क्षेत्रमा बसोबास गर्ने नेपालीका दुःख, पीडा र समस्या समाधान गर्न सरकार लागि परेको उहाले बताउनु भएको छ ।

यस्तै गरि रुपन्देही क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार प्रमोद कुमार यादवले मर्चवारमा हरेक स्तरको बिकासका लागि लक्ष्यको साथमा उम्मेदवारी दिएको बताउनु भएको छ । बिशाल आमसभामा बोल्दै यादवले अब मर्चवारमा बिकासको लहर छाउने प्रतिबद्धता समेत व्यक्त गर्नु भएको छ । उहाले विपक्षी पक्षले गर्न नसकेको काम पाच साल भित्रमा गरेको र केहि कोरोनाको समयले गर्दा पनि सोचे अनुरुप कार्य गर्न नसकेको बताउनु भयो।

बिगत पाँच वर्षमा मैले मर्चवारको बिकासको जग हालेको छु, उक्त अवधिमा कोरोना महामारी लगायतले धेरै काम गर्न सम्भव भएन,’ यादवले भन्नु भयो, ‘तपाईंहरु मलाई जिताउनुस्, म मर्चवारको सेवक हुँ, यस क्षेत्रलाई रुपन्देहीकै नमुना बनाएर देखाउँछु । यादवले ‘आगामी पाँच वर्षमा विकसित मर्चवार बन्ने बिश्वास व्यक्त गर्दै मर्चवारको समृद्धिलाई कसैले रोक्न नसक्ने दाबी समेत गर्नु भएको छ ।

उहाले मर्चवारमा डीग्री कलेज देखि लिएर बिजुली, स्वास्थ्य लगायत हरेक पालिकामा केन्द्रको बजेट आउनुमा काङ्ग्रेसको देन भएको जोड दिनु भयो । उहाले नेपाली काङ्ग्रेसको सरकार बनेमा मर्चवार बासीले मर्चवारकै मन्त्री पाउने बिश्वास व्यक्त गर्दै मर्चवारको बिकासमा कुनै कमी नआउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । उहाले २०७४ सालको निर्वाचनमा जनताको साथ रहेको र अहिलेको चुनावमा पनि जनताको साथ रहने बताउदै मर्चवारका जनताले मंसिर ४ गते नेपाली काङ्ग्रेसको झन्डा फहर्याउने बिश्वास व्यक्त गर्नु भएको छ ।

रुपन्देही क्षेत्र नम्बर ४ ख नेपाली काङ्ग्रेसका सभापति श्रीराम यादव को स्वागत मन्तव्य रहेको बिशाल आमसभामा लुम्बिनी प्रदेशका शिक्षा तथा खेलकुद मन्त्री एवम प्रदेश सभा सदस्य रुपन्देही क्षेत्र नम्बर ४(ख)विधायक पदका उम्मेदवार वसीउद्दीन खाँ, रुपन्देही क्षेत्र नम्बर ४(क)बाट विधायक पदको उम्मेदवार अष्टभूजा पाठक, नेकपा एकीकृत समाजवादीका श्रीराम यादव ,सम्मरीमाइ गाउपालिका अध्यक्ष बिनोद श्रीवास्तव ,सियारी गाउपालिका अध्यक्ष थानेश्वर घिमिरे लगायतले पाच दलिय गठबन्धनलाइ भोट दिएर जिताउनु पर्ने आग्रह गर्दै आफ्नो भनाइ राख्नु भएको थियो ।

प्रकाशित मिति: २०२२-११-१३ , समय : ०६:४७:१७ , १ वर्ष अगाडि