लुम्बिनीको विकासको लागि स्वतन्त्र उम्मेदवारी दिएको चौधरीको भनाइ

अमित चौहान , ३९७  पटक हेरिएको

लुम्बिनी, कार्तिक २९

लुम्बिनी प्रदेश ५(ख) प्रदेश सभा सदस्य पदका स्वतन्त्र उमेदवार नितेश मोहन चौधरीले आफुलाई एकपटक अवसर दिन आग्रह गर्नु भएको छ। उहाले जनताले एकपटक अवसर दिए काम गरेर देखाउने दावी गर्नु भएको छ । जनतासंग भेटघाट गर्ने क्रममा आफू अहिले सम्म अवसर नपाए पनि निरन्तर जनताको पक्षमा काम गर्दै आएको बताउनु भएको छ ।

उहाले यस क्षेत्रको विकासको लागि काम गर्न नसके पुन उम्मेदवारी नदिने र भोट माग्न पनि नआउने बताउनु भयो। यस क्षेत्रबाट निर्वाचित नेताले जनतालाइ झुठो आश्वासन दिएर काम नगरेको गुनासो गर्दै काम नगर्नेको पहिचान गर्ने समय आएको उहाले बताउनु भएको छ । उहाले भन्नु भयो यस क्षेत्रबाट निर्वाचित कुनै पार्टीले विकास गरेको छैन , ।

किसानको समस्या ,शिक्षा ,स्वास्थ्य हरेक समस्या समाधान गर्न स्वतन्त्र उम्मेदवारी दिएको चौधरीले बताउनु भयो । मंसिर ४ गतेको चुनावमा लुम्बिनी क्षेत्रको विकासको लागि जनताले स्वतन्त्र भएर चुनाव चिन्ह जिपमा मतदान गर्न आग्रह गर्नु भएको छ ।

प्रकाशित मिति: २०२२-११-१५ , समय : १०:२६:४३ , २ वर्ष अगाडि