नेपाली काङ्ग्रेस वडा नम्बर २ को घरदैलो कार्यक्रम तीव्र

रुपन्देही खबर , ५४०  पटक हेरिएको

सुनवल, बैशाख २०
नवलपरासीको सुनवल नगरपालिकामा नेपाली काङ्ग्रेस वडा नम्बर २ ले घरदैलो कार्यक्रमलाइ तीव्र पारेको छ । आउदो बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सुनवल नगरपालिका वडा नम्बर २ मा नेपाली काङ्ग्रेस वडा अध्यक्षको उम्मेदवार ज्ञानचन्द यादवलाई बिजयी बनाउनका लागि घरदैलो कार्यक्रम तीव्र पारिएको हो ।

सुनवल नगरपालिका वडा नम्बर २ को वडा अध्यक्षको उम्मेदवार ज्ञानचन्द यादव सहित सम्पुर्ण प्यानललाई जिताउन नेपाली काङ्ग्रेसलाई मतदान गर्न अपिल गरेका छन् ।

सुनवल नगरपालिका वडा नम्बर २ रजहवाबाट सुरु भएको घरदैलो अभियान बत्रौलि, नयाबस्ति, हुदै मुखियाटोलको घरघरमा पुगेर नेपाली काङ्ग्रेसलाइ जिताउन आग्रह गरिएको छ।

शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, व्यवस्थित गाउघर सहित महिलाहरुको सशक्तीकरणका लागि र न्यायिक स्वच्छताका लागि नेपाली काङ्ग्रेस जित्नुको विकल्प नरहेको मतदाताहरुले बताएका छ्न ।

घरदैलो कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता कार्यकता, वडा अध्यक्ष सहित वडा सदस्यहरुका उम्मेदवारहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति: २०२२-०५-०३ , समय : २१:३८:३६ , २ वर्ष अगाडि