अधुरो बिकासलाई पूरा गर्ने बेला आएको छ : चौधरी

पुरुषाेत्तम सुबेदी , १६३  पटक हेरिएको

नवलपरासी, मंसिर १

नेपाली काङ्ग्रेस निर्वाचन क्षेत्र नम्बर १ पश्चिम् नवलपरासीका प्रतिनिधि सभा तर्फका उमेदवार बिनोद चौधरीले यो क्षेत्रका अधुरा बिकास निर्माणलाई पुर्णता दिने बेला आएको बताउनु भएको छ ।

नेपाली काङ्ग्रेस वडा कार्यसमिति बर्दघाट १४ ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उमेदवार चौधरीले महिलालाई र युवाहरुलाई उधमी बनाउदै बेरोजगारीको रोगलाई निर्मुल पारीने बताउनु भएको छ ।

चौधरीले भुमीहिन,सुकुम्बासी ,स्वास्थ,शिक्षा लगायतका समस्यालाई ५ बर्ष भित्रमै समाधान गरीने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ । हरेक घरघरमा अब मतदाता सचेत हुनुपर्ने अवस्था छ ताकी प्रतिगामी शक्ति उल्ट्याउने दुष्शाहस कसैले नगरोस चौधरीले भन्नु भयो । आफू गफ मात्र गर्न नभै बास्तवमै जनताका सम्स्यालाई सम्बोधन गर्न राजनीतिमा होमिएको चौधरीले दावी गर्नु भएको छ ।

प्रकाशित मिति: २०२२-११-१७ , समय : १८:४७:३६ , १ वर्ष अगाडि