नवलपरासी-२ मा राप्रपाका प्रधान विजयी, पूर्वगृहराज्यमन्त्री कँडेल पराजित

रुपन्देही खबर , २६२  पटक हेरिएको

नवलपरासी,मंसिर ९

पश्चिम नवलपरासीको क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका  उपाध्यक्ष ध्रुवबहादुर प्रधान निर्वाचित हुनु भएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेललाई १५ हजार ३ सय ६५ मतको फराकिलो मतान्तरले पराजित गर्दै प्रधान विजयी हुनु भएको हो ।

प्रधानले ३४ हजार ९ सय ५९ मत प्राप्त गर्दा कँडेलले १९ हजार ५ सय ९४ मत प्राप्त गर्नु भएको छ । नेपका एमालेका दीपेन्द्र अधिकारीले १४ हजार ४ सय ९८ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहनु भएको छ ।

नेपाल प्रहरीको महानिरीक्षकबाट अवकाश पाएपछि राजनीतिमा सक्रिय प्रधान तेस्रो पटकको प्रयासमा सफल हुनु भएको हो । क्षेत्र नम्बर २ को १ मा स्वतन्त्र का खड्ग बस्नेत र २ मा नेपाली कांग्रेसका बैजनाथ कलवार प्रदेशसभामा विजयी हुनु भएको छ ।

प्रकाशित मिति: २०२२-११-२५ , समय : १०:४२:०७ , ४ महिना अगाडि