घनश्याम भुसाल प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपन्देही-१ बाट पराजित

रुपन्देही खबर , ३२१  पटक हेरिएको

भैरहवा , मंसिर १०

एमालेका पूर्व नेता घनश्याम भुसाल प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपन्देही-१ बाट पराजित हुनु भएको छ । स्वतन्त्त उम्मेदवारी दिएर सत्ता गठबन्धनको समर्थन पाउनु भएको भुसाललाई एमाले सचिव छविलाल विश्वकर्माले हराउनु भएको हो ।

विश्वकर्मा २४ हजार ८७२ मत सहित विजयी हुँदा भुसालले २१ हजार ३०८ मत पाउनु भएको छ । एमालेका तत्कालीन स्थायी कमिटी सदस्य भुसालले टिकट नपाएपछि पार्टी परित्याग गर्नु भएको थियो । उहा ०७४ को निर्वाचनमा रुपन्देही-३ बाट निर्वाचित हुनुभएको थियो ।

प्रकाशित मिति: २०२२-११-२६ , समय : १४:१८:५८ , २ वर्ष अगाडि