नवलपरासीमा नेता चौधरीद्धारा जनसम्पर्क कार्यालय स्थापना

पुरुषाेत्तम सुबेदी , ३८६  पटक हेरिएको

नवलपरासी, मङ्सिर १२

नेपाली कांग्रेसका नेता विनोद चौधरीले आफु निवार्चित भएको निर्वाचन क्षेत्रमा नवलपरासी क्षेत्र न. १ प्रतिनिधी सभा सदस्य जनसम्पर्क कार्यालयको स्थापना गर्नुभएको छ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम ) निर्वाचन क्षेत्र न. १ बाट प्रतिनिधी सभा सदस्यमा निर्वार्चीत नेपाली कांग्रेसका केन्द्रिय सदस्य बिनोद चौधरीले बर्दघाटमा जनसम्पर्क कार्यालयको स्थापना गर्नुभएको हो ।

चुनावमा मतदताले उहा संग कसरी सम्पर्क हुन्छ भनेर सोधेका थिए । यद्यपी नेता चौधरीले कार्यालय नै खोलेर जनता संग प्रत्यक्ष सम्पर्क राख्ने बाताबरण तयार गर्न थाल्नु भएको छ । निर्वाचन क्षेत्रका सवै जनताको समस्या बुझ्न र समाधान तर्फ केन्द्रिय रहने उदेश्यले प्रतिनिधी सभा सदस्य सम्पर्क कार्यालय सञ्चालनमा आएको उहांको निजी सचिवालयले जनाएको छ ।

आवश्यक कर्मचारी सहित व्यवस्थापन गरिएको जनसम्पर्क कार्यालयमा जनताले कार्यालय पुगेर वा टेलिफोन मार्फत जनसम्पर्क कार्यालयका जनताको समस्या राख्न सक्ने गरी कार्यालय ब्यवस्थापना गरिएको हो । चौधरीले जनसम्पर्क कार्यालयको स्थापना भएपछि जनताले आवश्यकता अनुसार आफ्ना समस्या, गुनासो तथा शुझाव सहजै रुपमा चौधरी समक्ष पु¥याउने सकिने विश्वास लिईएको छ ।

प्रकाशित मिति: २०२२-११-२८ , समय : १९:५४:१४ , १ वर्ष अगाडि