प्रतिनिधी तथा प्रदेश सभा निर्वाचनमा बिजयी उम्मेदवारलाई बर्दघाटमा सम्मान

महेश यादव , ५०७  पटक हेरिएको

नवलपरासी , मङ्सिर १६

नवलपरासी ( बर्दघाट –सुस्ता पश्चिम ) को बर्दघाट नगरपालिकाले प्रतिनिधी सभा तथा प्रदेश सभा निर्वाचनमा बिजयी उम्मेदवारलाई शुक्रवार सम्मान गरेको छ । पश्चिम नवलपरासी संघीय निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधी सभा सदस्य तर्फ निर्वार्चीत विनोद चौधरी यसैगरी प्रदेश सभा सदस्य देवकरण प्रसाद कलवार ( सन्तु ) र बिश्वप्रेम पाठकलाई संयुक्त रुपमा सम्मान गरिएको हो ।

सम्मान कार्यक्रममा बोल्दै प्रतिनिधी सभा सदस्य तर्फ निर्वाचित चौधरीले यस क्षेत्रको चौतर्फी बिकासमा आफु दिन रात नभनिकन जनताको काममा सदैभरी क्रियाशिल हुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

प्रकाशित मिति: २०२२-१२-०२ , समय : २०:१७:१२ , २ वर्ष अगाडि