महाराजगन्ज नगरपालिकामा नेकपा एमाले पार्टीको जनलहर बढ्दै

धनिराम कोरी , ९८४  पटक हेरिएको

महाराजगन्ज, बैशाख २२
कपिलवस्तुकाे महाराजगन्ज नगरपालिकाकाे निवर्तमान अध्यक्ष अब्दुल कलाम खानकाे घर रहेको वडा नं ९ मा नेकपा एमाले पार्टीको जनलहर बढ्दै गएको छ । नेकपा एमालेकाे समर्थक पनि बढ्दै गएको स्थानीयले बताएका छन् ।

महाराजगन्ज नगरपालिका वडा नं ९ मा एमाले पार्टीको जनलहर बढ्दै गएको छ । महाराजगन्ज नगरपालिका भित्र ८४ गाउँ पर्छ । नेकपा एमाले बाट महाराजगन्ज नगरपालिकाकाे मेयर पदका उमेदवार रामदास चाैधरीकाे अनुसार ८४ गाउँ मध्ये ६५ गाउँमा घरदैलो कार्यक्रम सम्पन्न भएको छ ।

मेयर पदकाे उमेदवार चाैधरीले महाराजगन्ज नगरपालिकामा खरको घर छानाे मुक्त गर्ने, खानेपानीकाे व्यवस्था गर्ने, कृषककाे समस्या समाधान गर्ने, विद्युतकाे समस्या समाधान गर्ने, शिक्षा, स्वास्थ्य, खेलकुद, यातायातको समस्यालाई समाधान गर्ने र प्राथमिकतामा राखेर काम गर्ने नेकपा एमाले महाराजगन्ज नगरपालिकाकाे मेयर पदका उमेदवार रामदास चाैधरीले प्रतिबद्धता गर्नु भएको छ ।

प्रकाशित मिति: २०२२-०५-०६ , समय : ००:०४:०२ , २ वर्ष अगाडि