समृद्ध वडा र नगर परिकल्पनाका लागि नेकपा एमालेमा मतदान आवश्यक रहेको : युवा उम्मेदवार बद्रीमान श्रेष्ठ

पुरन अधिकारी , ७५६  पटक हेरिएको

सुनवल, बैशाख २४

बिगतका निर्वाचनहरुमा युवा उम्मेदवारहरु बिरलै देखिन्थे भने २०७९ बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा भने देशै भरि पार्टीको समर्थन र स्वतन्त्ररूपमा समेत युवाहरुको उम्मेदवारी आशा लाग्दो र प्रशन्सनिय रहेको छ ।यसबाट युवाहरू देश र देशको विकास र उन्नतिप्रती अति संबेदनसिल एवंम जागरुक भएको समेत आभाष हुन्छ ।

समृद्ध सुनवल सुखी सुनवलबासी भन्ने नारालाई साकार पार्न नगर प्रमुख ,उपप्रमुख देखि सुनवलका १३ वटै वडामा नेकपा एमालेका उम्मेदवारहरु विजय हुनुपर्ने धारणा व्यक्त गर्नुहुन्छ ।

सुनवल वडा नं ३ बाट नेकपा एमालेमा वडा अध्यक्षको पदमा उम्मेदवारी दिनुहुने युवा नेता बद्रीमान श्रेष्ठ “म भष्टचार गर्दिन ,गर्न दिन्न र गरेको सहन्न ” भन्ने युवा नेता श्रेष्ठको राजनिती यात्रा भने स्कुले जीवन श्री महाकवि देवकोटा माध्यमिक बिद्यालयमा अध्यनरत छदै अनेरास्ववियुबाट शुरु भएको हो ।

आफ्नो क्षेत्रमा सामाजिक कार्यमा सदैब तत्पर भई जनताको हित र उन्नतिका लागि लागि पर्ने बद्रीमान श्रेष्ठ नेपाल सरकार भुमिहिन सम्बन्धि समस्या समाधान आयोग पश्चिम नवलपरासीको सदस्यमा रहि काम समेत गरेका श्रेष्ठले आफ्नो वडाका नेकपा एमालेका सम्पूर्ण टिम सहित नगरपालिका भरिनै नेकपा एमालेलाई विजय गराउन नगरबासीमा अनुरोध समेत गर्नुभएको छ।

बैशाख ३० गते हुने स्थानीय निर्वाचनलाई लक्षित गर्दै हिजोआज मतदाता, वडाबासी जनताको घरदैलोमा भेटघाटमा व्यस्त हुनुभएका श्रेष्ठ प्रति वडाबासीको समेत ठुलो आशा र अपेक्षा रहेको छ।

घरदैलोको क्रममा मतदाताहरुले गाउँ टोलमा विधमान समस्याहरु सुनाउदै विजय भए पश्चयात सबै समस्याहरु श्रेष्ठ द्वारा क्रमशः निराकरण हुनेमा विश्वस्त रहेको समेत बताउँछन् ।

कृषि ,पशुपालन र सिचाइको उचित व्यवस्थापन ,शिक्षा स्वास्थ्य र खेलकुदमा सुधार ,घर-घरमा पाँच हजार लिटर सम्म निशुल्क खानेपानी ,विधुतको सहज पहुँच , धार्मिक एवं प्राकृतिक सम्पदाहरुको उचित संरक्षण ,दुई या दुई भन्दा बढि वाडहरु सङ्ग जोडिने बाटो र पुलहरुलाई विशेष प्राथमिकता दिई निर्माण जस्ता विषयबस्तुहरु श्रेष्ठले सुनवल वडा नं ३ का लागि आफ्नो प्रतीबद्धतामा समावेश गर्नुभएको छ।

सुनवल नगरपालिकामा नेकपा एमाले सङ्ग गठबन्धन (नेपाली काङ्ग्रेस र नेकपा माअोबादि) बिच प्रतिस्पर्धा हुने देखिएको छ ।सुनवल नगरपालिकामा नेकपा एमाले बाट नगरप्रमुखमा विमला अर्याल र उपप्रमुखमा सुर्य प्रसाद दुबेको उम्मेदवारी रहेको छ भने बद्रीमान श्रेष्ठको वडा सुनवल वडा नं ३ मा २०७४ को स्थानीय निर्वाचनमा नेकपा एमालेका कर्ण बहादुर सेन वडा अध्यक्षमा विजय भएका थिए भने अहिलेको निर्वाचनमा श्रेष्ठको काङ्ग्रेसका प्रवीण गुरुङ सङ्ग प्रतिस्पर्धा हुने देखिन्छ ।

प्रकाशित मिति: २०२२-०५-०७ , समय : १४:०४:३७ , ३ वर्ष अगाडि