लोसपाको लुम्बिनी प्रदेश संसदीय दलको नेतामा पाण्डेय सर्वसम्मत चयन

रुपन्देही खबर , ३०५  पटक हेरिएको

भैरहवा, पुस ११

लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) लुम्बिनी प्रदेश संसदीय दलको नेतामा सन्तोष कुमार पाण्डेय सर्वसम्मत चयन हुनु भएको छ । सोमबार लोसपा लुम्बिनी प्रदेशका संयोजक तथा प्रदेश सभा सदस्य सन्तोष कुमार पाण्डेयको अध्यक्षतामा बसेको बैठकले पाण्डेयलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको पार्टीका लुम्बिनी प्रदेश कार्यकारिणी सदस्य मोहम्मद इस्लामले बताउनु भएको छ । पाण्डेय रुपन्देही क्षेत्र नम्बर ३ (१) बाट निर्वाचित प्रदेश सभा सदस्य हुनुहुन्छ । उहा लुम्बिनी प्रदेश सरकारका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री समेत हुनुहुन्छ ।

त्यस्तै संसदीय दलको उपनेतामा रुपन्देही क्षेत्र नम्बर ४ (१) बाट निर्वाचित प्रदेशसभा सदस्य तथा युवा नेता कन्हैया बनिया चयन हुनु भएको छ। त्यस्तै गरी संसदीय दलको प्रमुख सचेतकमा प्रदेश सभा सदस्य हेमा बेल्बासे के.सी. चयन हुनु भएको छ। उहा समानुपातिक सांसद हुनुहुन्छ । लुम्बिनी प्रदेशमा लोसपाबाट निर्वाचित तीन जना सांसद छन् ।

प्रकाशित मिति: २०२२-१२-२६ , समय : १७:३८:४३ , १ वर्ष अगाडि