तिलोत्तमा १४ टिकुलीगढमा प्रथम खिचडी महोत्सव सम्पन्न

पार्वती थारु , ४५६  पटक हेरिएको

तिलोत्तमा, पुस २४

हम्मनके संस्कृति हम्मनके शान, संस्कृति बचाएनाह हम्मनके पहिचान, भन्ने नारा सहित तिलोत्तमा १४ टिकुलीगढमा प्रथम खिचडी महोत्सव २०७९ भव्य रुपमा सम्पन्न भएको छ । टिकुलीगढ थारु आमा समुहका अध्यक्ष कृष्ण कुमारीको अध्यक्षता सम्पन्न कार्यक्रममा प्रमुख अतिथिमा थारुकल्याण कारिणी सभाका उपाध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य देवीप्रसाद चौधरी र विशिष्ट अतिथिमा तिलोत्तमा नगरपालीकाका प्रमुख रामकृष्ण खाँड रहनु भएको थियो । यसैगरी तिलोत्तमा नगरपालिकाका उपप्रमुख जागेश्वर देवी चौधरी,पुर्व प्रतिनिधि सभाका सदस्य पुष्पा थरुनी, तिलोत्तमा १४ का वडा अध्यक्ष अश्विन पौडेल, तिलौत्तमा १४ का वडा सदस्इ सतविर थारु, भुपाल छन्तेल ,विषणुमाया पुन, समाजसेवी तथा वुद्धिजीवी तुल्सी प्रसाद चौधरी , नन्दा चौधरी, आशा थारु, गर्भु चौधरी, शासी पौडेल लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा थारु जातिको पहिचानका लागी सबै थारुमा एकताको भावनाको विकास हुन जरुरी रहेको बताएका थिए । आफ्नो पहिचान र सम्मानका लागी आफै बलियो हुनुपर्नेमा माघी महोत्सवको विशेष भुमिका रहेको कार्यक्रममा बोल्ने अतिथिहरुले बताएका थिए । थारु माहिलाको अगुवाइमा सम्पन्न कार्यक्रममा जय मा दुर्गा थारु आमा समुह , तिलोत्तमा १४ बागधुरा, थारु संस्कृति संरक्षण समिति ,शुद्धोधन, बेतहानी रुपन्देही लगायतले फरक फरक झाकी तथा भेषभुषा तथा पहिरानको पहिचान दिएका थिए । प्रथम खिचडी महोत्सवमा थारु पहिचान सगँै ढिकारी, घौघी , माछाका परिकार सगै विभिन्न थारु परिकार राखिएको थियो ।

थारु महिलालाई समाजसेवामा अग्रसर गराउने उद्देश्यले नयाँ गठन भएको टिकुलीगढ थारु आमा समुहमा ९ जना सदस्य रहेका छन् । जसमा अध्यक्ष कृष्णाकुमारी थारु , उपाध्यक्षमा सन्तोषी थारु, सचिवमा दिलकुमारी थारु , सहसचिवमा दिलमाया थारु कोषध्यक्षमा मुक्ति थारु रहनु भएको छ । यस्तै सदस्यहरुमा जगतरानी थारु मंगला थारु , ज्ञानमाया थारु , शान्ति थारु रहनु भएको छ । पुष २३ गते शनिबार सम्पन्न खिचडी महोत्सवको आयोजना टिकुलीगढ थारु आमा समुहले गरेको थियो ।

प्रकाशित मिति: २०२३-०१-०८ , समय : ०६:४२:४५ , १ वर्ष अगाडि