कञ्चन गाउपालिकामा निःशुल्क बाथरोग तथा सुगर परिक्षण

जगिलाल थापा , २३८  पटक हेरिएको

कञ्चन, पुस २८

रुपन्देहीको कञ्चन गाउँपालिकामा एकदिने निःशुल्क बाथरोग तथा सुगर परिक्षण सम्पन्न भएको छ। कञ्चन गाउँपालिका वडा नं. ४ को अयोजना तथा नेश्नल बाथरोग सेन्टर शाखा कार्यालय, बुटवलको प्राविधिक सहयोगमा आयोजना गरिएको निःशुल्क बाथरोग तथा सुगर परिक्षणमा कञ्चन गाउँपालिका वडा नं. ३,४ र ५ का ११९ जनाले आफ्नो स्वास्थ्य परिक्षण गराएका थिए। कार्यक्रमको शुभारम्भ गर्दै कञ्चन गाउँपालिकाका उपाध्यक्ष मौसमी थापा मगरले बुटवल र भैरहवा पुग्न नसकेका ग्रामिण क्षेत्रका नागरिकहरुलाई गाउघरमै स्वास्थ्य जाँच गर्ने मौका दिनुले स्थानीय तह जनताप्रति उत्तरदायी छ भन्ने प्रमाणित गर्ने बताउनु भयो। वडा नं. ४ ले कञ्चनवासीहरुको सामान्य बाथरोग र सुगर पक्षिण गराउन बुटवल या भैरहवा जानुपर्ने बाध्यतालाई थोरै भएपनि राहत दिने प्रयास गर्नु सकारात्मक कार्य भएको भन्दै उपाध्यक्ष थापा मगरले आगामी दिनमा पालिका तहबाट पनि स्वास्थ्य परिक्षण सम्बन्धी कार्यक्रमहरु सञ्चालन गरिने बताउनु भयो।

वडा नं. १ का वडा अध्यक्ष हरिनारायाण थारुले सबैभन्दा ठूलो धर्म भनेको असहाय, विपन्न र अशक्त तथा जेष्ठ नागरिकहरुको सेवा भएको बताउनु भयो। स्थानीयतह भनेको नागरिकहरुको नजिकको सरकार र जनप्रतिनीधि भएकोले समम समयमा स्वास्थ्इ शिवरि सञ्चालन गरेर असहाय, विपन्न र अशक्त तथा जेष्ठ नागरिकहरुको सम्भव भएसम्म घरघरमा होइन भने पनि कम्तीमा नजिक केन्द्र बनाएर स्वास्थ्य शिविर परिक्षण सञ्चालन गर्न सकिए निकै राहत मिल्ने वडा अध्यक्ष थारुले उल्लेख गर्नु भयो।

कार्यक्रममा वडा नं. ३ का वडा अध्यक्ष टिकाराम सापकोटा, वडा नं. ५ का वडा अध्यक्ष कुलप्रसाद पौडेल, बासुदेवद्विन पौडेल, नेश्नल बाथरोग सेन्टर शाखा बुटवलका राज पाण्डेय, अविनाश पल्ली थापा, रुद्रपुर सामुदायिक बन उपभोक्ता समूहका निवर्तमान अध्यक्ष नाम बहादुर के.सी, रुद्रपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका कार्यवाहक अध्यक्ष गेम बहादुर थापा, लायन्स क्लव अफ कञ्चनका राम बहादुर थापा लगायतले मानिसको सबैभन्दा ठूलो धन स्वास्थ्य भएको र हरेकले समय समयमा आफ्नो स्वास्थ्य जाँच गराइरहनु पर्नेमा जोड दिनु भयो।

कञ्चनवासीको हितार्थ गाउमै स्वास्थ्य प्राविधिकहरु सहितको स्वास्थ्य परिक्षण कार्यक्रम सञ्चालन गरेर वडा नं. ४ ले राम्रो काम गरेको वक्ताहरुले उल्लेख गर्नु भयो।

गाउँमै स्वास्थ्य प्राविधिकहरु सहितको सुविधा ल्याएर असहाय, विपन्न र अशक्त तथा जेष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण गर्नु मानविय कार्य हुने कुरालाई आत्मसाथ गर्दै वडा नं. ४ ले निःशुल्क बाथरोग तथा सुगर परिक्षण कार्यक्रम सञ्चालन गरेको वडा नं. ४ का वडा अध्यक्ष केशर बहादुर खत्रीले प्रस्ट पार्नु भयो। कार्यक्रमका सभाध्यक्ष समेत रहनु भएका वडा अध्यक्ष खत्रीले आगामी दिनहरुमा पनि नागरिकहरुकै हितका लागि नागरिकमैत्री कार्यक्रमहरुलाई प्राथमिकत दिदै जाने प्रतिवद्धता समेत गर्नु भयो। वडा अध्यक्ष केशर बहादुर खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यपालिका सदस्य शुसिला थापाले स्वागत गर्नु भएको थियो भने वडा सचिव चक्रपाणी पौडेलले कार्यक्रम सञ्चालन गर्नु भएको थियो। कार्यक्रम वडा नं. ४ को वडा कार्यलय परिसरमा भएको थियो।

प्रकाशित मिति: २०२३-०१-१२ , समय : ०९:४८:११ , २ वर्ष अगाडि