पश्चिम नवलपरासीको सुनवल ११ मा अझै पनि मतदान कार्य जारी

रुपन्देही खबर , ३९७  पटक हेरिएको

नवलपरासी, बैशाख ३०

पश्चिम नवलपरासीको ७ स्थानीय तह मध्य १ मतदान स्थलमा अझै पनि मतदान कार्य जारी रहेको छ । पानी परेका कारण केही मतदान स्थलमा मतदान कार्य ढिलो भएको हो । भने एक मतदान स्थलमा मतदान अधिकृत बेहोस भएपछि मतदान ढिला हुन पुगेको हो ।

ढिला भएका ८ स्थान मध्य अहिले सुनवल ११ मा मतदान भइरहेको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले बताउनुभयो । सुनवलको अमर ज्योति आधारभूत विद्यालयको मतदान केन्द्रका अधिकृत अचानक बेहोस भएपछि ढिला भएको स्थलमा अधिकृतको अवस्था सामान्य भएपछि मतदान सुरु भएको थियो ।

जिल्लामा २ सय ८३ मतदान केन्द्र र १ सय २१ मतदान स्थल तोकेर मतदान सुरु गरिएको थियो । मतदान ढिला हुने पालिकाका केही स्थलमा बर्दघाट र सुनवल नगरपालिका तथा प्रतापपुर र सुस्ता गाउँपालिकाका छन् । जसमा अन्य पालिकाको मतदान कार्य सकिएको छ ।

सुनवल नगरपालिका वडा नम्बर ११ मा अहिले मतदान जारि रहेको छ भने सम्बन्धित पालिकामा मत पेटिका पुरयाउने काम भएको छ । आज साँझसम्म भएको मतदान शान्तिपूर्ण तरिकाले भएको प्रजिअ पोखरलेलले बताउनुभयो । उहाले आज राति सर्वदलीय बैठक बसेर मतगणनाको समय निर्धारण गरिने समेत बताउनु भयो ।

प्रकाशित मिति: २०२२-०५-१३ , समय : २२:३१:२६ , २ वर्ष अगाडि