कपिलवस्तुको विजयनगर १ मा एमाले प्यानल बिजयी

धनिराम कोरी , २९३  पटक हेरिएको

कपिलवस्तु, बैशाख ३१
कपिलवस्तुमा नेकपा एमालेले विजयी सुरुवात गरेको छ । जिल्लाको विजयनगर गाउँपालिका वडा नं.१ बाट एमालेले विजयी सूरुवात गरेको हो । उक्त वडामा एमालेबाट वडाध्यक्षमा उम्मेदवार बनेका इन्नर थारु ८७३ मत ल्याइ विजयी हुनुभएको छ । साथै थारुसहित उक्त वडामा नेकपा एमालेको प्यानल नै विजयी भएको छ ।

उनका प्रतिद्वन्दी जसपाका बुधराम चौधरीले ५०१ मत प्राप्त गरेका थिए । त्यसै गरि महिला सदस्यमा दमन्ती राना, दलित महिला सदस्यमा जुगुरी परियार, खुल्ला सदस्यहरुमा तिजमान राई र त्रिबेनि कोरीले बिजय हासिल गर्नु भएको छ ।

प्यानलै बिजयी भएपछि उम्मेदवारहरुले खुशी साटासाट गरेका छन् ।

प्रकाशित मिति: २०२२-०५-१४ , समय : १९:४३:३५ , २ वर्ष अगाडि