जनमत पार्टी रोहिणी गाउपालिकाको बैठक धकधईमा सम्पन्न

रुपन्देही खबर , ३६२  पटक हेरिएको

भैरहवा, माघ ११

जनमत पार्टी रोहिणी गाउपालिकाको बैठक तथा पार्टी प्रबेश कार्यक्रम आज रुपन्देहीको धकधईमा सम्पन्न भएको छ । जनमत पार्टी रोहिणी गाउपालिका अध्यक्ष बिष्णु चौधरीको अध्यक्षता तथा प्रदेश नम्बर ५ का सांसद गीता गुरुंगको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । पार्टी प्रबेश कार्यक्रममा ४ जना र २ जना पुरुष गरी ६ जना जनमत पार्टीमा प्रबेश गरेका छन । पार्टी प्रबेश कार्यक्रममा जनमत पार्टी रोहिणी गाउपालिका अध्यक्ष बिष्णु चौधरीले जनमत पार्टीले बिगतमा गरेका प्रतिबद्धताका साथ अघि बढेको बताउनु भएको छ ।

कार्यक्रममा आदिवासी जनजाति जनमत संघको राष्ट्रिय अध्यक्ष कैलाश गुरुंग ,युवा नेता अर्जुन जैसवाल, जनमत पार्टी रोहिणी गाउपालिका उपाध्यक्ष रिना हरिजन, वडाध्यक्ष राजु भुज,बाबुराम मौर्या, रमेश गौड, जागर नाथ पासी लगायत बिभिन्न पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २०२३-०१-२५ , समय : २१:४९:२८ , २ वर्ष अगाडि