राष्ट्रपतिका लागि माओेवादीले राष्ट्रिय सहमति खोज्ने

रुपन्देही खबर , २००  पटक हेरिएको

काठमाडौं, माघ १३

नेकपा माओेवादी केन्द्रले राष्ट्रपतिका लागि राष्ट्रिय सहमतिका लागि पहल गर्ने भएको छ । शुक्रबार बसेको पार्टी स्थायी कमिटी बैठकले राष्ट्रपतिका लागि राष्ट्रिय सहमतिको पहल गर्ने निर्णय गरेको हो ।

पार्टी प्रवक्ता कृष्णबहादुर महराले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको खोजी गर्नुपर्ने अधिकांशको मत रहेको बताउनु भएको छ। महराले राष्ट्रिय सहमति खोज्दा सबैको हुने भएकाले एमालेलाई धोका दिएको भन्न नमिल्ने बताउनु भयो ।

माओवादी अध्यक्ष पुष्पकल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्दा नै राष्ट्रपति एमालेलाई दिने निर्णय भएको बताइन्छ । केही दिनअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेले उठाउने उम्मेदवार राष्ट्रपति बन्ने बताउनु भएको थियो।

प्रकाशित मिति: २०२३-०१-२७ , समय : १८:४१:१३ , २ वर्ष अगाडि