हरि शर्मा , ५६१ पटक हेरिएको
नवलपरासी ,जेठ १
पश्चिम नवलपरासीका ७ वटा स्थानीय तहमध्ये ४ पालिकाको प्रमुख पदमा एमालेको अग्रता छ। ३ वटा पालिकाको प्रमुख पदमा कांग्रेसको अग्रता छ। उपप्रमुखमा ३ पालिकामा एमाले र १ पालिकामा कांग्रेसको अग्रता छ। अन्य ३ पालिकाका उपप्रमुखमा २ पालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी र १ पालिकामा एमालेसँग गठबन्धनबाट उमेदवार दिएका राष्ट्रिय जनमुक्ती पार्टीले अग्रता लिएका छन्।
यसैबीच आइतबार मध्यान्हसम्म ९ वटा वडाको परिणाम सार्वजनिक भएको छ। जसमा नेपाली कांग्रेसका ३, एमालेका २ र माओवादी केन्द्र र राप्रपाको २/२ र जसपाका १ जना उमेदवार वडाअध्यक्ष निर्वाचित भएका छन्। रामग्राम नगरपालिकाको वडा नं. १ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका उमेदवार रुद्र प्रकाश उपाध्याय र सोही पार्टीका वडा नं. ३ का उमेदवार उज्वल न्यौपाने(बेबी) वडाअध्यक्ष पदमा निर्वाचित भएका छन्। वडा नं. २ को वडाअध्यक्षमा जनता समाजवादी पार्टी(जसपा)का उमेदवार निरज रौनियार निर्वाचित भएका छन्।
त्यस्तै सुनवल नगरपालिकाको वडा नं. १ मा एमालेका मनबहादुर थापा वडाअध्यक्षमा निर्वाचित भएका छन्। वडा नं. २ मा एमालेकै राजेन्द्र यादव वडाअध्यक्षमा निर्वाचित भएका छन्।
बर्दघाट नगरपालिकाको वडा नं. १ मा नेपाली कांग्रेसका सन्दिप सापकोटा वडाअध्यक्षमा निर्वाचित भएका छन्। प्रतापपुर गाउँपालिकाको वडा नं. १ को वडाअध्यक्षमा नेपाली कांग्रेसका महेन्द्र बहादुर थारुसहितको प्यानल निर्वाचित भएको छ। जसअनुसार सरावल गाउँपालिका वडा नं. ७ को वडाअध्यक्षमा माओवादी केन्द्रका ह्यात खाँ धुनियासहितको प्यानल निर्वाचित भएको छ।
पाल्हीनन्दन गाउँपालिका वडा नं. १ को वडाअध्यक्षमा नेपाली कांग्रेसका चुल्हाई प्रसाद यादवसहितको प्यानल निर्वाचित भएको छ।
प्रकाशित मिति: २०२२-०५-१५ , समय : १६:०१:०४ , २ वर्ष अगाडि