ओमसतिया गाउँपालिका वडा नम्बर २ मा नेपाली कांग्रेसको प्यानल विजयी

जितेन्द्र थारु , ८९३  पटक हेरिएको

भैरहवा , जेठ १

रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर २ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ । आइतबार साँझ सम्पन्न भएको वडा नम्बर २ को मतगणनामा नेपाली कांग्रेसको प्यानल विजयी भएको हो ।

गठबन्धनको तर्फबाट वडाध्यक्ष पदका उम्मेदवार सित्तल जिटीले ८६१ मत प्राप्त गरेका हुन् । त्यस्तै नेपाली कांग्रेसका महिला सदस्य ७८१ मत, महिला सदस्य ७७३ मत, खुल्ला सदस्य ७२१ मत र अल्पसंख्यक सदस्य ७४७ मत प्राप्त गरेका हुन् ।
यो भन्दा पहिला २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि ओमसतिया गाउँपालिका वडा नम्बर २ मा नेपाली कांग्रेसले विजय प्राप्त गरेको थियो ।

प्रकाशित मिति: २०२२-०५-१५ , समय : १७:४६:५६ , २ वर्ष अगाडि