प्रचण्ड,देउवा र ओलीबीच राष्ट्रपति निर्वाचनका बारेमा छलफल

रुपन्देही खबर , १९२  पटक हेरिएको

काठमाडौं , माघ २३

प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरूबीच छलफल भएको छ ।

सोमबार सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल भएको हो ।

राष्ट्रपति निर्वाचन र संसदलाई बिजनेस दिने विषयमा तीन नेताबीच छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ

प्रकाशित मिति: २०२३-०२-०६ , समय : १७:४२:३२ , १ वर्ष अगाडि