सुनवल नगरपालिकाको १ र २ मा एमाले का वडा अध्यक्ष पद्का उम्मेदवार बिजयी

रुपन्देही खबर , ४५०  पटक हेरिएको

नवलपरासी, जेठ १

सुनवल नगरपालिकाको १ र २ मा एमाले का वडा अध्यक्ष पद्का उम्मेदवार बिजयी भएका छ्न । वडा नम्बर १ मा एमालेको प्यानलै बिजयी भएको छ । एमालेका उम्मेदवार मानबहादुर थापाले कुल गणना गरिएको ३०२० मत मध्ये १४ सय २४ मत का साथ बिजयी हुनुभएको हो ।

त्यस्तै गठबन्धनको तर्फबाट नेपाली काङ्ग्रेस का वडा अध्यक्षका उम्मेदवार सुबेन्द्रनाथ कवर योगीले १२ सय २ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै वडा नम्बर २ मा एमालेका वडा अध्यक्ष पद्का उम्मेदवार राजेन्द्र यादबले कुल मत २४२० मध्ये ११सय ३४ मत प्राप्त गरि बिजयी हुनुभएको छ । प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेस का वडा अध्यक्ष पदका उम्मेदवार ज्ञयानचन्द्र यादबले १ हजार ७५ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै वडा नम्बर २ गठबंधनको तर्फबाट २ खुल्ला सदस्य र १ दलित महिला सदस्य बिजयी भएका छ्न भने एमालेको अध्यक्ष सहित १ सदस्य बिजयी हुनुभएको छ ।

त्यस्तै सुनवल नगरपालिका को अहिले वडा नम्बर ३ को मतगणना जारी रहेको छ । पछिल्लो जानकारी अनुसार वडा अध्यक्षमा नेपाली काङ्ग्रेस का उम्मेदवारले ८ सय २८ मत प्राप्त गर्नु भएको छ भने एमाले का उम्मेदवारले ७ सय६७ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै हाल सम्म सुनवल नगरपालिकामा ७ हजार २ सय ४१ मतको गणना भएको छ । जसमध्ये एमालेबाट नगर प्रमुख पदका उम्मेदवारको ३५ सय ७ मत प्राप्त गर्नुभएको छ भने उपप्रमुख पदका उम्मेदवारले ३२ सय ७७ मत प्राप्त गर्नु भएको छ ।

त्यसै गरि गठबन्धनका तर्फबाट नेपानी काङ्ग्रेस का उम्मेदवारले २५ सय ५९ मत प्राप्त गर्नु भएको छ भने गठबन्धनकै हसिया हतौडा चिन्हका उम्मेदवारले १६ सय ९ मत प्राप्त गर्नु भएको छ ।

प्रकाशित मिति: २०२२-०५-१५ , समय : १९:४९:२६ , २ वर्ष अगाडि