रूपन्देहीको सम्मरीमाइ १ को वडाध्यक्ष पदमा यादव पुनः बिजयी

रुपन्देही खबर , ९६२  पटक हेरिएको

रुपन्देही, जेठ १

रूपन्देहीको सम्मरीमाइ १ को वडाध्यक्ष पदमा शिवकुमार यादव(पप्पु) पुनः दोहोरिएका छन । नेपाली कांग्रेस निर्बाचन क्षेत्र नं.४(क)का सभापति समेत रहेका यादवले कुल ९ सय ५१ मत प्राप्त गरि वडाध्यक्ष पदमा बिजयी भएका हुन ।

गणना भएको कुल दुइ हजार चार सय ६५ मत मध्ये ५ सय ९९ मत प्राप्त गरेका आफ्ना निकटतम प्रतिस्पर्धी कमलापति यादवलाइ निर्बाचनमा उछिन्दै उनी बिजयी भएको निर्बाचन अधिकृतको कार्यालय सम्मरीमाइ गाउँपालिकाले जनाएको छ ।

मतगणनामा नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्ष पदका उम्मेदवार बिनोद कुमार श्रीवास्तवले एघार सय ४२ मत प्राप्त गरि अग्रस्थानमा रहेका छन । 

लोकतान्त्रिक समाजवादीपार्टीबाट अध्यक्ष पदमा उम्मेदवारी दिएका निरन्जन पाठकले २ सय ९३ तथा माओवादी केन्द्रका जितेन्द्रनाथ शुक्लले २ सय ६५ मत प्राप्त गरेका थिए ।

प्रकाशित मिति: २०२२-०५-१५ , समय : २१:२४:५९ , २ वर्ष अगाडि